भोलि विप्लव नेकपाको नेपाल बन्द

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, ४ बैशाख। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बिहिवार नेपाल बन्दको आब्हान गरेको छ। विज्ञप्ति जारी गर्दै सो पार्टीले बन्द लगाएतका कार्यक्रम सार्वजनिक गरेको हो।

बैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने समेत सो पार्टीले घोषणा गरेको छ।

बैशाख ६ अघिबाट नै लागू हुने गरी विभिन्न कार्यक्रम घोषणा गरेको विप्लव समूहले चैत २६ देखि २९ सम्म आफुहरुमाथि लगाइएको प्रतिबन्धको विरोधमा पर्चा वितरण तथा भन्डाफोर अभियान चलाएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्