काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संस्था नेपाल किसान महासंघको तदर्थ कार्यसमिति विस्तार गरेका छन्। देउवाले गत असारमा १० वर्षदेखि महाधिवेशन नभएको किसान महासंघको अध्यक्षमा गणेशचन्द्र तिमिल्सिनालाई मनोनीत गरेका थिए।
अध्यक्ष मनोनीत भएको नौ महिनापछि महासंघको कार्यसमिति सदस्यमा १७ जना नेताहरू मनोनीत भएका छन्। सभापति देउवाले मंगलबार महासंघको केन्द्रीय कार्यसमितिमा १७ जना सदस्य मनोनयन गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार काठमाडौंका आदर्शविक्रम कार्की, ईश्वर गिरी, मनोज थापा र विश्वनाथ दाहाल, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, कैलालीका जितु उपाध्याय, सर्लाहीका भवानी कोइराला, पर्साका विश्वराज घिमिरे, महोत्तरीका धिरेन्द्र साह, झापाका कालु मेचे, गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेकी ऋचा लुइँटेल र डडेलधुराका रमेश रावल केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत भएका छन्।



लोकपाटी न्यूज

