१४ औं महाधिवेशनले पार्टीलाई एक बनाएर लैजान्छ : सभापति देउवा

Sher-Bahadur-Deuba
लाेकपाटी न्यूज

टीकापुर, ४ बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट पार्टीभित्रको गुट अन्त्य हुने दाबी गरेका छन्।पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने बताए।

पार्टीभित्र नेतृत्वप्रति आलोचना हुने गरेको र गुट, उपगुट रहेकोप्रति संकेत गर्दै देउवाले महाधिवेशनबाट गुट, उपगुट अन्त्य हुने दाबी गरे। कञ्चनपुरको टीकापुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा देउवाले महाधिवेशन नजिकिएकोले आफूविरूद्ध पार्टीभित्र आलोचना भएको बताए।

‘पार्टीभित्रबाटै विरोधका आवाज सुनिएका छन्,’ देउवाले भने, ‘सभापतिलाई महाधिवेशनको मुखमा आएर नराम्रो भन्ने नै भए नि, जसलाई पनि सभापति लड्न छुट छ। विरोध गर्नुपर्दैन संगठन राम्रो बनाउनुहोस्।’

नेपाल विद्यार्थी संघले छिटै नेतृत्व पाउने दाबी गरेका उनले तरुण दललगायत भातृ संगठनलाई पनि सुधार गरिने बताए। अबको महाधिवेशनले पार्टीलाई एक बनाएर लैजाने उनले बताए। तरुण दलले लामो समयसम्म पनि पदाधिकारी पूर्णता दिन सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्