पत्रकार पक्राउको विरोधमा पत्रिकामा कालो पोतियो

black paper
लाेकपाटी न्यूज

पोखरा, ४ बैशाख। पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको छ। ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको हो।

पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखिएको छ।
पोखराबाट प्रकाशित हुने पत्रिकाको बुधबारको अंकमा सम्पादकीयको ठाउँमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्कीप एड गर्न, एफएममा पूर्वसूचना दिई विहान ६ बजे ९० सेकेन्ड प्रशासन बन्द गर्न पत्रकार महासंघ कास्कीले आग्रह गरेको थियो।

प्रेस स्वतन्त्रताका लागि सांकेतिक विरोधमा ऐक्यवद्धता जनाइदिनसमेत पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले आग्रह गरेका छन्। सम्पादक गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार तीन दिन म्याद थप गरेको छ।

विपेन्द्रराज बतासले ठगी गरेको समाचार चैत २२ को अंकमा समाचार लेखेका गिरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको थियो। पत्रिका प्रेस काउन्सिलमा दर्ता नभएको आरोपमा गिरीलाई पक्राउ गरे पनि ताण्डप र अनलाइन दुवै काउन्सिलमा दर्ता छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्