चट्याङ, हावाहुरीसहित असिनापानी पर्ने

climate
लाेकपाटी न्यूज

काठमाडौं, ४ बैशाख । विहीबार देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरीसहित असिनापानी पर्ने सम्भावना
रहेको छ ।

मेघ गर्जरनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको हो । जल तथा मौसम विभागले विहीबारसम्म मुलुकका विभिन्न भागमा मौसम बदली रहने जनाएको छ । यसैबीच मंगलबार साँझ असिना–पानीसँगै आएको हुरीले फेटा गाउँपालिकाको कतिपय हुरी पीडितको टेन्ट उडाएको छ भने चट्याङले ६ जनालाई घाइते बनाएको छ ।

आज र भोली पश्चिमका धेरैजसो ठाउँ, पूर्व र मध्येका केही स्थानमा मेघ गर्जन, चट्याङ पर्ने, हुरिबताससहित वर्षा र असिना पर्ने सम्भावना रहेको मौसम विभागले निकालेको विज्ञप्तीमा लेखिएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावाना रहेको छ । आज तराईका विभिन्न स्थानमा हुरी बतासको सम्भावना रहेको समेत भन्दै सचेत गराईएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्