काठमाडौं, ३ बैठक । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर आफूले नभनेको स्पष्ट पारेका छन् ।
उनले धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका उनले व्यक्तिको इच्छा अनुसार धर्म मान्न पाउने बताए। उनले भने, ‘धर्म स्वतन्त्र हुन्छ। मैले कहिल्यै पनि भनेको छैन, हिन्दु राष्ट्र हुनुपर्छ भनेर। व्यक्तिको इच्छाअनुसार धर्म मान्न पाउँछन् ।’
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न चाहिँ नपाइने बताएका छन् । कांग्रेसको झण्डामा रहेको चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको भएको उनले उल्लेख गरे।
महामन्त्री कोइरालाले फागुपूर्णिमाका दिन धर्म, गणतन्त्र र संघीयतामा जनमत संग्रह गर्नुपर्ने बताएका थिए।



लाेकपाटी न्यूज

