वैशाख पहिलो सातासम्म एकता घोषणा गर्ने ओली–दाहालको तयारी

लाेकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा चर्चा भए पनि सहमति जुटेन। वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा केन्द्रीत रहेर नेतृत्व टुंगो लगाउनु पर्ने सुझाव दिएका छन्।

तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन्। (राजधानी दैनिकमा खबर छ)।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्