काठमाडौं, २ बैशाख। कञ्चनपुरमा ४ दिन देखि हराईरहेका एक जना युवकको शव विभत्स हत्या गरिएको अवस्थामा भेटिएको छ।
कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय युवक सुविल बडायकको शव लम्वा चद्दरको न्युरा खोलामा प्रहरीले भेटिएको हो। उनको शव टाउको र शरिर अलग-अलग खाल्टोमा गाडिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायब नीरिक्षक दिल वहादुर कुँवरले बताए। सुविल चैत २८ गते स्थानीयको बिवाहमा सरिक हुन कलुवापुर गएका थिए।
सोही दिन साँझदेखि उनी सम्पर्क बिहिन बनेका थिए। उनको खोजी कार्य प्रहरीले तिब्र पारेको थियो। उनको खोजीकै क्रममा सोमबार बिहान प्रहरीले रगतले लत्पतिएको टि–सर्ट खेतमा फेला पारेपछि तालिम प्राप्त कुकुरको सहायतामा प्रहरी सुविलको शवसम्म पुग्न सकेका हुन्।
घटनामा संलग्न रहेको आंशकामा प्रहरीले ३ जना प्रक्राउ गरेको छ। प्रक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ७ की १६ वर्षीया किशोरी शिवानी राना ,१८ वर्षीय अयोध्या राना र १८ वर्षकै प्रमोद राना रहेका छन्।



लाेकपाटी न्यूज

