नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ पुस्तक लोकार्पण

nilkamal
लोकपाटी न्यूज

काठमाडौं। साहित्य, चलचित्र र गीत सङ्गीतका अध्येता नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ नामक पुस्तक सार्वजनिक भएको छ। वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ ९रायन०को प्रमुख आतिथ्यतामा पुस्तक सार्वजनिक भएको हो।

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रायन, प्राज्ञ जगत्प्रसाद उपाध्याय प्रेक्षित, रमेश खनाल, ललित कला केन्द्रीय विभागका प्रमुख धु्रवेशचन्द्र रेग्मी तथा नेपाल राष्ट्र बैँकका सञ्चालक समितिका सदस्य चिन्तामणि सिवाकोटीले पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा विमोचित पुस्तकको समीक्षा संगीतकार टीका भण्डारीले गरे। पुस्तकमा सेतुरामदेखि जयनन्द लामासम्म गरेर २४ जना संगीत साधकको जीवन र संगीत यात्रालाई समेटिएको छ।

कार्यक्रममा कवि एवम् गीतकार धिरेन्द्र प्रेमर्षी, सावित्री श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। म्युजिक खबरको आयोजनामा भएको कार्यक्रममा ‘अमर स्वरहरु नामक’ १० वटा अमर स्रष्टाको डिजिटल प्रस्तुति गरिएको थियो।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्