स्याङजा, १ वैशाख। नेपाल सरकारका भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताएकी छिन् ।
सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उनले सरकारको कामले पूर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको जीवन स्तरमा देखिने गरी परिवर्तन ल्याउने दावी गरिन्।
स्याङ्जाको वालिङ नगरपालिका २ छप्राकमा दलित महिलाहरुद्वारा स्थापना गरेको सिद्धबाबा श्रमिक महिला सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन्। यसैगरी काम गर्दा पारदर्शी किसिमले गर्नुपर्ने उनले बताइन्।
मन्त्री अर्यालले सरकारले पठाएको बजेट तोकिएकै ठाउँमा प्रयोग गर्न समेत निर्देशन दिइन्। ‘ सरकारले जुन ठाउँको लागि बजेट पठाएको छ स्थानीय तहले सोही ठाउँमा प्रयोग गर्नुस्। त्यस्तो नगरेर अन्यत्र प्रयोग गरेमा सरकारले हस्तक्षेप समेत गर्ने अवस्था आउन सक्छ। त्यसकारण तपाईहरु सचेत रहनुहोस्, मन्त्री अर्यालले भनिन्।
मन्त्री अर्यालले श्रमिकलाई हेलोहोचो गरेर देशको विकास नहुने भन्दै सरकारले श्रमिकहरुलाई सम्मान गर्ने मन्त्री अर्यालले बताइन्। काम गरेर कोही सानो नहुने भन्दै उनले श्रमिकहरुलाई कामको उचित मुल्य दिनुपर्ने समेत बताइन्। ‘गरिब हुनु मानिसको कमजोरी होइन।
जन्मदै कोही धनी भएर आउदैन धनी हुने एउटै मात्र उपाय छ। त्यो परिश्रम हो । परिश्रम गर्न पछि पर्न हुदैन, मन्त्री अर्यालले भनिन्। मन्त्री अर्यालले घरबार बिहिन जनताका लागि सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेको बताउदै असुरक्षित घर, खरका छाना भएकाहरुलाई विस्थापित गरेर सुरक्षित बस्ती बनाउने अभियान अन्तर्गत जस्तापाताले घर छाउनको लागि प्रति घर ५० हजारका दरले उपलब्ध गराउने पनि बताएकी थिइन्।
चापाकोट नगरपालिकामा विपन्नका लागि आएको जनता आवास अन्तर्गको कार्यक्रममा सम्पन्नशालिले सुविधा लिएको र त्यो सरकारले फिर्ता गराएको स्मरण गराउदै उनले अशक्तका नाममा आएको सेवा सुविधा अरुले प्रयोग गरे त्यस्तो कार्य सरकारलाई सह्य नहुने बताइन्।
यसैगरी मन्त्री अर्यालले भीरकोट नगरपालिका स्थित नयाँ कृषि अभियान कृषि सहकारीको प्रथम साधारणसभाको उद्घान गदै सरकार कृषि सहकारीका माध्यमबाट गाउँगाउँमा रोजगारी सिर्जना गर्ने योजनामा रहेको बताएकी थिइन्।
सहकारीले अब रोजगार मुलक कामका साथै उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने उनको भनाइ थियो। यसैबीच भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले वालिङ नगरपालिका २ स्थीत छप्राकमा रहेको दलित बस्तीमा झुल वितरण गरेकी छिन्।
मन्त्री अर्यालले स्वास्थ्य मानिसले मात्रै राम्रोसँग काम गर्न सक्ने बताउदै मच्छडको टोकाइबाट लाग्न सक्ने रोगबाट बच्नको लागि आफुले दलित बस्तीमा झुल वितरण गरेको बताइन। सरकारले दलितका समस्या समाधान गर्ने बताउदै उनले घरबास नभएकाहरुका लागि जनता आवास कार्यक्रम मार्फत घर उपलब्ध गराउने र जोखिम पूर्ण खरका छाना भएका घरहरुलाई जस्तापाताले छाउनका लागि प्रतिघर ५० हजारका दरले रकम उपलब्ध गराउने पनि बताइन्।
खानेपानीको सहज व्यवस्था नभए सम्म सरसफाई कार्य पूर्ण नहुने भन्दै सरकारले सबै जनताको घरघरमा खानेपानीको सुविधा पुर्याउने मन्त्री अर्यालको भनाइ थियो। दलित बस्तीमा आएर झुल बितरण गर्नुका साथै आफुहका सारा गुनासो मन्त्रीलाई नै सुनाउन पाएपछि खुसी लागेको जमान सिंग नेपालीले बताए।
दुइ सय पाँच घर रहेको दलित बस्ती छप्राकमा प्रत्यके घरको लागि एक एक वटा र ७० वर्ष भन्दा माथिका वृद्धाहरुलाई पनि मन्त्री अर्यालले झुल हस्तान्तरण गर्दै झुल लगाएर मात्र सुत्न आग्रह गरिन।



लाेकपाटी न्यूज

