भ्रष्ट मान्छेलाई हेर्न पनि सक्दिनँ : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ)

Kp sharma oli PM
लाेकपाटी न्यूज

काठमाडौँ,१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारप्रति आफू कठोर रहेको बताएका छन्।नयाँ वर्षको नयाँ बिहानीसँगै प्रधानमन्त्री निवास बालुवाटारबाट जनताको नाममा सम्बोधन गर्दै प्रभानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भ्रष्टाचारीको मुखै नहेर्ने बताउँदै भने, ‘भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन  परम्परा हैन। हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गछौं। तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम÷कुरा नगर्ने इमान भएको जाति नेपाली हो। तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन।’

उनले गत साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको दाबी गरे। ‘एकपटक सोचौं त, सुशासनकै संयन्त्रभित्र रहेर अवाञ्छित कार्यमा निर्लिप्त कुनै ओहोदावाल यसभन्दा अघि यस तह र व्यापकतामा कहिल्यै छानविनको दायरामा आएका थिए ?’

प्रश्न गर्दै उनले भने, ‘एक वर्ष अघिसम्म पनि पहिलो रोजाइमा पर्ने स्थानहरु आज किन रोजाईमा परिरहेका छैनन ? शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनि गन्हाएकाहरु अहिले किन छट्पटिएका छन् ? अनपेक्षित ढंगमा तिनीहरु बुरुक(बुरुक उफ्रिंदै किन क्रिया र प्रतिक्रिया दिइरहेका छन् ?’

आफ्नो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा यस वर्ष दिने दाबीका साथ उनले अनुचित कामको छानबिन हुने बताए।

‘घरजग्गा कारोवारहोस् वा संगठित तस्करी, भन्सार र अध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित –अनुचित कामको छानबिन जारी छ,’ उनले भने, ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन्।

राज्यको सम्पत्तिमाथि अनाधिकृत दोहनलाई सरकारले छुट दिने छैन्। ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ।’

पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहाेस् New Year Message2076 (Final) (1) (3)0101

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्