मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कामले तीव्रता लिनेछ। कार्यमा सफलता पाईनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। प्रेम सम्बन्ध कसिलो होला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सौन्दर्यतामा धन खर्च हुनेछ। साना–तिना समस्यामा अल्झिनुपर्नेछ। परिवारीक समस्याले सताउनेछ। अनावश्यक धन खर्च हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिके विकास हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश जाँगर वढ्नेछ। भौतिक साधन जुटाउने समय छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफलयात्रा पनि हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। सरकारी निकाएबाट सहयोग मिल्नेछ। कार्यमा बाधा आउनेछ। कष्टकर यात्रा गर्नुपर्ला।



लाेकपाटी न्यूज

