विप्लवका जनसरकार प्रमुख थापा पक्राउ

biplob
लाेकपाटी न्यूज

कैलाली, २८ चैत।  सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधवार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै नेतालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्