पाकिस्तान, २८ चैत। विश्वमा मानिसहरुलाई अपराध गरेको आरोपमा बिभिन्न खालका सजाय तथा चेल चलान गरेको पाइन्छ। मानिसहरुलाई मात्र नभई यदाकता मानिस बाहेक जन्तु जनावर लगायतलाई पनि सजायको फैसला भएको हामीले सुन्न अनि देख्न पनि पाईन्छ।
हुँदा हुँदा मानिस तथा जन्तु जनावरलाई मात्र नभई रुखलाई समेत कठोर सजाय भएको तपाईहरुलाई सुनाउन गइरहेका छौं। पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तानमा एउटा यस्तो रुख छ जस्ले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ। सन् १८९८मा देखि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित लण्डी कोतलमा एउटा वरको रुखले कठोर सजाय भोगिरहेको हो। त्यस बरको रुखलाई साङ्लाले जताततै बेरिएको छ। भने रुखमा आई एम अन्डर अरेस्त लेखिएको बोर्डसमेत टांसिएको छ।
त्यस रुखले मानिसलाई लखेटेको आरोपमा सजाय भोगेको जनाएको छ। वास्तवमा रक्सीको नशाले चूर भएका एक ब्रिटिस अधिकारीले जेम्स स्क्वायड लण्डी कोटल सैनिक क्याम्प क्षेत्रमा टहलिरहेका थिए। रक्सीको मातमा रहेका अधिकारीले नजिकै रहेको वरको रुख आफूतर्फ आइरहेको देखे। उनले त्यहाँ रहेका सैनिक जवानहरुलाई तत्कालै त्यो रुखलाई गिरफ्ता गर्न आदेश दिए।
सैनिकहरुले आदेश पालना गरे र सोहि दिन देखि फलामका सिक्रिमा रुख छन्। अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको त्यस स्थानमा रुखलाई कैदी अवस्थामै संरक्षित गरिएको छ।



लाेकपाटी न्यूज

