काठमाडौं, २७ चैत । नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष दिवाकर गोल्छाको निधन भएको छ । पूर्वसांसदसमेत रहेका दिवाकर गोल्छाको मंगलबार राति उपचारका क्रममा निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहेका गोल्छालाई भारतको चेन्नइ लगिएको थियो । उनको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेशनको औद्योगिकरणमा काका हुलासचन्द गोल्छालाई उनले नै प्रेरित गरेका थिए ।
उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । गोल्छा अर्गनाइजेसनभित्र उनले नेतृत्व गरेको उद्योगह?मा हुलास जस्तापाता, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिललगायतका उद्योग रहेका छन्।
विराटनगरमा जन्मिएका गोल्छा काठमाडौंको शंखमूलमा बसोबास गर्दै आएका थिए। उनी जैन धर्ममा आस्था राख्ने गरेको अर्गनाइजेसनको भनाइ छ। दिवाकर गोल्छाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका थिए।



लाेकपाटी न्यूज

