नवलपरासी पश्चिम, २५ चैत । नवलपरासी पश्चिमको पिपरपातीमा तीन महिने सिलाइ कटाइ तालिम सुरु भएको छ । प्रतापपुर गाउँपालिका ८ को सहकार्य र उपकार समाज संस्थाको आयोजनामा निःशुल्क तिन महिने सिलाइकटाइ तालिम सोमबारदेखि शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष अञ्जु कुमारी चौधरीले सिलाई कटाइ गरेरै गरिन् । उद्घाटन कार्यक्रम प्रतापपुर ८ पिपरपातीको सामुदायिक भवनमा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले गाउँपालिकाको लक्षित वर्ग अनुसार उक्त तालिमको आयोजना गरिएको बताइन् । महिलाहरुले मेहनत गरेर अगाडि बढेमा गाउँपालिकाले हरसम्भव सहयोग गर्ने उनको दाबी छ ।
यस्तैै वडा अध्यक्ष कादिर अलि अन्सारीले तालिममा आफुले सिकेको कुरालाई व्यवहारमा उतार्न सके तालिमको औचित्य रहेने बताए । अन्सारीले महिलाहरु सिपको कारणले पछाडि नपरुन् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएकाले सबै महिलाहरु व्यावसायि मुखि र आत्मनिर्भर हुनुपर्ने बताए ।
उपकार समाज संस्था रामग्राम २ को अध्यक्ष गुड्डु गुप्ताको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष अंज कुमारी चौधरीको प्रमुख आतिथ्यता, उपकार समाज संस्थाका उपाध्यक्ष बनवारीलाल,वडा सदस्य निजामुदिन अन्सारी, युवराज मौर्या लगायतको सहभागीता रहेको थियोे । उक्त सिप सिकाई तालिममा ४२ जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।



लाेकपाटी न्यूज

