उदयपुर क्षेत्र नम्बर १ मा मतगणना रोकियो

mat-ganana
लोकपाटी न्यूज

काठमाडौं। उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना रोकिएको छ। आज आइतबार पछिल्लो पटक खोलिएको १० वटा बाकसमा उदयपुर प्रदेशसभा १ को (२) को १ सय मतपत्र भेटिएपछि मत गणना रोकिएको हो।

निर्वाचन अधिकृतको कार्यालय उदयपुरले सर्वदलीय बैठक राखेर समस्या समाधानका लागि छलफल गरिरहेको छ। सोही क्षेत्रमा ७६ हजार ७ सय ५६ मत खसेकोमा ६३ हजार मत गणना भइसकेको छ।

पछिल्लो परिणाममा नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गरेर पछ्याईरहेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्