पार्टीलाई एक ढिक्का बनाउँछु : महामन्त्री कोइराला

sashanka koirala
लाेकपाटी न्यूज

भक्तपुर, २४ चैत। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको बताएका छन्।

नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। कोइरालाले नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरे। कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए।

महामन्त्री डा.कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै उनले भने, ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्