काठमाडौं । आजकल मानिसहरुले प्रायः मैदाको रोटी र पास्ताजस्ता खानेकुरालाई खाजाको रुपमा प्रयोग गर्न थालेको पाइन्छ। यस्ता खानेकुरामा पाइने ग्लुटेन–खानेकुरामा पाइने प्रोटिनको समूहले मानिसहरुमा मानसिक समस्या हुन सक्ने तथ्य पत्ता लागेको छ ।
वैज्ञानिकहरुले केही मानिसहरुमा मैदाको रोटी र पास्ता खाएपछि त्यसमा रहेको ग्लुटेन नामको तत्वले मानसिक स्वास्थ्यमा विभिन्न समस्या ल्याउने बताएका छन्।
सेलिएक समस्या (सजिलै खानेकुरा नपच्ने) का कारण मानिसहरु साँच्चै नै प्रोटिनयुक्त खानेकुरा धेरै रुचाउँदैनन् । करिब १ प्रतिशत मानिसमा यो समस्या हुन्छ । तर, यो भन्दा धेरै करिब १२ प्रतिशत मानिसहरुलाई भने ग्लुटेनले समस्या पार्छ जसले पेट फुल्ने र वान्ता हुने गर्छ ।
नन सेलिएक ग्लुटेन संवेदनशीलता साँच्चै हुन्छ वा मष्तिस्कमा मात्रै हुन्छ भनेर निर्धारण गर्न शोधकर्ताहरुले ब्लाइन्ड फुड टेस्ट गरे र ती मानिसहरुको लक्षणहरुको परीक्षण गरे । यो प्रक्रियाबाट उनीहरुले केही मानिसहरुलाई उच्च ग्लुटेनको सेवन पछि वास्तविक रुपमा मानसिक स्वास्थ्य समस्याहरु देखिएको पाए । उक्त अध्ययन मेलबर्न अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए ।
धेरै सातासम्म १४ जना सहभागीहरुलाई ग्लुटेन भएको र नभएको दुवैथरी दही र मफिन दिइएको थियो । तर, सहभागीहरुलाई कुनमा ग्लुटेन छ र कुनमा छैन भन्ने थाहा दिइएको थिएन । दुवै खालको खानेकुरा खाएपछि सहभागीहरुले भने उनीहरुलाई समान स्तरको पेट फुल्ने र बाउँडिने समस्या भएको बताए र त्यसले त्यो ग्लुटेन सेन्सिटिभिटी भन्दा अन्य चीजको कारणले भएको थाहा भयो ।
सन् २०१५ मा इटालीमा गरिएको अध्ययनले ग्लुटेन संवेदनशील मानिसहरुमा ग्लुटेनको सेवनपछि निराशामा बढाउने र ब्रेन फगिनेस हुने तथ्य पत्ता लगाएको थियो ।
अष्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयका शोधकर्ता माइकल पोट्टर भन्छन्, ‘यी अध्ययनहरुले साँच्चै नै यस्ता मानिसहरुलाई ग्लुटेनको कारणले मानसिक स्वास्थ्य समस्याहरु देखिने र उनीहरुलाई विभिन्न अफ्ठ्यारो चुनौतीहरु आइपर्ने देखाउँछ ।’
आजकाल मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरु प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन् । यसलाई दैनिक खाने पनि गर्छन् । सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ ।
तर, एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ । हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ ।
भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन (ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ । केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं।
मुटु रोग
यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ ।
गर्भवती महिला
डा. शर्माकाअनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन ।
मृगौलाको समस्या हुँदा
मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।
थाइराइडका बिरामी
सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।
सोयाबीन खानुका फाइदा
एसिडिटीबाट राहत
यदी तपाईं एसिडिटीको समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ र एसिडिटीको समस्या हट्छ ।
मानसिक संतुलन ठीक गर्छ
जो तनाव र मानसिक रोगबाट पीडित हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिनमा सोयाबीन खान आवश्यक छ । जसले दिमागलाई तेज बनाउँछ ।
सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भने भिटामि बी र विटामिन इ को मात्रा प्रचुर हुन्छ । जसले शरीरका लागि आवश्यक एमिनो एसिड को कमी पूरी गर्छ । सोयाबीनमा दूध, अण्डा तथा मासुमाभन्दा धेरै प्रोटीन पाइन्छ ।
हड्डि बलियो बनाउँछ
सोयाबीनमा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई कमजोर हुनबाट जोगाउँछ ।
(एजेन्सीको सहयोग)



लाेकपाटी न्यूज

