काठमाडौं, २२ चैत । नेप एकेडेमीले एसईई परिक्षा दिएर बसेको विद्यार्थीहरुलाई लक्षित गर्दै अनलाइन बाट नै प्रवेश परीक्षाको तयारी गर्न मिल्ने सैक्षिक भिडियोहरु ल्याएको छ। बिशेस गरि विशेष गरी साइन्स, एचए, नर्सिङ, ओभरसियर तथा सीटिइभिटीका विभिन्न कार्यक्रमलाई लक्षित गर्दै भिडियो सार्वजनिक गरेको हो।
अब घरमै बसेर युट्युब मार्फत नै प्रवेश परीक्षाको तयारी गर्न मिल्ने भएकोले यसले लाखौं विद्यार्थीलाई लाभ पुग्ने अनुमान गरिएको छ । अनलाइनमा नेपालको विभिन्न नाम चलेको कलेजहरुमा सोधिएको प्रश्नहरुको सोलुसनसहितको भिडियो उपलब्ध गिरएको छ।
अहिले गणितको मात्र शैक्षिक भिडियोहरु सार्वजनिक गरिएको छ। बाँकी साइन्स् तथा इङ्लिस विषयको भिडियोहरु आगामी केहि दिनमा सार्वजनिक गर्ने पनि नेप एकेडेमीले जानकारी दिएको छ ।
नेप एकेडेमीले भिडीयो मार्फतप्रवेश परीक्षाको तयारी गर्न मिल्ने नेपालको पहिलो कम्पनि हुन पाउँदा खुशी समेत व्यक्त गरेको छ ।



लाेकपाटी न्यूज

