राजधानीकै स्वास्थ्य संस्थामा औषधी र कर्मचारीको अभाव

Medicine2
लाेकपाटी न्यूज

काठमाडौं, २२ चैत । राजधानीकै स्वास्थ्य संस्थामा औषधी र कर्मचारीको अभाव देखिएको छ । सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधी नभेटिएको सेवाग्राहीको गुनासो छ ।

गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधी र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत् वितरण गर्ने नीति बनेपछि समस्या देखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि निःशुल्क पाइने नीति भए पनि गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा २० वटा पाउन पनि मुस्किल हुने गरेको स्वास्थ्य सहायक सुशील घिमिरे बताउँछन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा ५५ं३ र स्वास्थ्यचौकीमा ३५ं३ औषधि निःशुल्क वितरण गर्ने सरकारको नीति छ । प्रसूति सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा थप तीन प्रकारको औषधि वितरण हुन्छ । प्रसूति सेवाको सुविधा नभएका केन्द्रमा ५५ र स्वास्थ्यचौकीमा ३५ औषधि निःशुल्क वितरण हुन्छ ।

केन्द्रमा भएका औषधि पनि चिकित्सकले मेडिकलबाट किन्न भन्ने गरेको बिरामीको गुनासो छ । केन्द्रमा उपचारका लागि आएका घनश्याम श्रेष्ठले स्वास्थ्य डा. कुशल गौतमले भएको औषधि पनि किन्न भनेको बताए । कति औषधि केन्द्रमा आउँछन् । कहाँरकहाँ जान्छन् । यहाँ कति प्रकारका औषधि छन् भनेपछि श्रेष्ठले स्टोर शाखामा बुझ्न भन्ने गरेका बिरामीको भनाइ छ । नगरपालिकामा औषधि माग गरी फारम भरेर पठाएको महीनौँ बित्दा पनि नआएको स्थास्थ्य सहायक घिमिरेको दुःखेसो छ ।

यस्तै केन्द्रमा स्वास्थ्यकर्मीको पनि अभाव छ । १२ जनाको दरबन्दी भए पनि हाल आठ जनामात्र कार्यरत छन् । तीमध्ये केन्द्र प्रमुख डा लक्ष्मी बोगटीलाई हालै समायोजन गरेर नुवाकोट पठाइएको छ । स्वास्थ्य सहायक दुई जनाको दरबन्दी भए पनि हरिप्रसाद उपाध्याय वर्षौंदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काजमा खटिएका छन् ।

केन्द्रमा एउटै स्टाफ नर्सको दरबन्दी छ । दरबन्दीमा झुमा मैनालीको नाम भए पनि उनी समेत दुई वर्षदेखि टोखाको प्राथमिक स्वास्थ्य केन्द्रमा काजमा छन् । अहेब दुई जना, अनमी तीन जना, ल्याब सहायक एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् । एकजना कार्यालय सहयोगी पनि भद्रवास स्वास्थ्यचौकीमा काज बसेका छन् ।

कर्मचारी घर पायक मिलाएर काजमा बसेपछि केन्द्रमा आउने बिरामीले सेवा पाउन मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ । सरोकार भएका निकायले कर्मचारीको राजधानीकै नजिक काज अनुमति दिने र दरबन्दी भएकै पदमा करारमा पठाउने गरेको स्वास्थ्य सहायक घिमिरेले बताए । केन्द्र प्रमुखको दरबन्दीमा डा बोगटी कार्यरत रहँदारहँदै मन्त्रालयले डा गौतमलाई करारमा पठाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्