काठमाडौं–१० मा गठबन्धन तोडियो

लोकपाटी न्यूज

काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली काँग्रेसको भागमा परेको छ ।

त्यस अनुसार काँग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छिन् । गठबन्धनको दलबीचमा सहमति नभएपछि अब स्वच्छ तरिकाले एक्ला एक्लै लड्ने गरि सहमति भएको नेताहरूले बताएका छन् ।

अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली काँग्रेसका केसी निर्वाचित भएक थिए ।

यस्तै अन्य कतिपय स्थानमा पनि गठबन्धनबीचको तालमेल बिग्रिएको छ । त्यस्तो स्थानमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने उनीहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्