महोत्तरी, २२ चैत। महोत्तरीको बलवा नगरपालिका–८ का वडाध्यक्षको बिहीबार मृत्यु भएको छ।
मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताए। बिहान अचानक पेट दुखेपछि उनी अस्पताल भर्ना भएका थिए।
उनलाई उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको प्रमुख यादवले बताए।



लाेकपाटी न्यूज

