लेखक सेढाईंको ‘अत्यन्त खुशीको खबर’ पुस्तक विमोचित

अत्यन्त खुशीको खबर पुस्तक विमोचन
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । लेखक तथा आविष्कारक उत्तम सेढाइर्‌ं (अमर दूरदर्शी) द्वारा लिखित ‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक विमोचन भएको छ । नेपाल र विश्वले हालसम्म भोगिरहेको अनेकौं नकरात्मकता र बढ्दो दुरावस्थाबाट प्रताडित हरेक मानिसहरुका लागि यो पुस्तक फलदायी हुने लेखक सेढार्इंको विश्वास रहेको छ ।

बुधवार रिपोर्टर्स क्लब नेपालमा आज एक कार्यक्रमको आयोजना गर्दै नेपाली काङग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, प्रथम साहित्यक सगरमाथा आरोहणमा निस्किन लागेका लक्ष्मण सापकोटा, राजनितिज्ञ तथा समाजसेवी सिद्धार्थ अधिकारीले उक्त पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै कांग्रेस नेता केसीले समाज परिवर्तनको निमित्त लेखक सेढाईले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो अनुसन्धान तथा खोज गरेर आफ्नो धारणा प्रकाशित गरेको र सबैले उक्त पुस्तकले देखाएको मार्गमा हिँड्दा फलदायी हुने धारणा राखे ।
नेपाल र विश्वले हालसम्म अंगालिरहेको सैद्धान्तिक दर्शन, वाद, नीति, तर्क, सिद्धान्त, व्यवस्था प्रणाली र तिनको व्यवहारिक प्रयोगका बिचमा बढ्दो दुरी न्युनीकरणका लागि नयाँ आविष्कार र नविन चमत्कारको रुपमा लेखकले पत्ता लगाएको दिर्घकालिन वैज्ञानिक समाधान ‘नमुनावाद, नमुनातन्त्र, नमुनामार्ग चित्र र नेपाली सुहाउदो नमुना बैज्ञानिक संतीयताको खाकासम्बन्धि सबैलाई जानकारी गराउने उद्देश्यले लेखकले उक्त पुस्तक तयार पारेकोेबारे पनि उनले प्रकाश पारेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सार्वजनिक गरिएको पुस्तकले नेपाल र नेपालीको भावनालाई आत्मसात् गरेको भन्दै सबैलाई पुस्तक पढ्नको लागि आग्रह गरे । धमलाले भने, ‘हरेक नेपालीको हात–हातमा यो पुस्तक पुग्न आवश्यक छ, आम मानिसको दैनिकी र जिवनस्तरलाई उकास्न कसरी सुखि, सम्पन्न तथा सफलतातर्फउन्मुख गराउन सकिन्छ भन्ने धारणा यो पुस्तकबाट सिक्न सकिन्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै पुस्तकका लेखक तथा आविष्कारक उत्तम सेढाई ‘अमर दूरदर्शी’ले नेपाल र विश्वको विविध नकारात्मकताका साथै अनेकौं किसिमका दुरावस्थाहरु न्यूनीकरणका लागि आफ्नो आविष्कार मार्गदर्शक हुने आश्वस्त पारे । सबैको साथ, सहयोग, समर्थन र प्रोत्साहन पाएमा आफुले बौद्धिक, मौलिक, दार्शनिक, सांस्कृतिक, राजनैतिक, समाजिक, आर्थिक, दुरदर्शी, दिर्घकालिन र बैज्ञानिक समाधानमार्फत नेपाल र विश्वलाई सकारात्मक रुपान्तरणतर्फ अग्रसर गराउन सफल हुने पनि उनले दाबी गरे ।
नयाँ आविष्कारमार्फत विश्वभर शान्ति, मानवता र विश्व बन्धुत्वको भावनालाई सदैव प्रोत्साहन दिन आफू प्रतिबद्ध रहेकोपनि उनले जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रथम साहित्यक सगरमाथा आरोहणमा निस्किन लागेका तथा धावक लक्ष्मण सापकोटाले आज विमोचित उक्त पुस्तकमा समावेश विचारलाई सबैले अनुशरण र अनुकरण गर्न आवश्यक रहेकोे प्रष्ट पारे । पुस्तकले विचारहरुमा नयाँ आयाम थप्नेमा बिश्वस्त रहेको बताउँदै उनले लेखकको भावनालाई सबैले आफूमा उतार्न आवश्यक भएको पनि जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्