काठमाडौं, २० चैत। पाकिस्तानमा एकजना पुरुषले डिभोर्स गरेपछि पनि आफनी श्रीमतीको जिब्रो काटि दिएका छन्। कसैको रिस निकै कडा हुन्छ। ठूलै ताण्डव मच्चाएर भए पनि त्यस्ता व्यक्तिहरू रिस मार्न पछि पर्दैनन्।
लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले पत्नीलाई डिभोर्स दिएसँगै उनीमाथि आक्रमण गरेर जिब्रो काटिदिए। ती पुरुषको आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि पनि रिस मरेन्। उनले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटिदिएका हुन्। यो घटना हाफिजाबाद जिल्लाको पिँडी भट्टिया भन्ने गाउँको हो। ती पुरुषमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ। तर आरोपी फरार छन्।
जहाँगिर नामका ती पुरुषले जिब्रो काटिदिएकी महिलाको नाम नसरीन हो। डिभोर्सपछि पनि यी दुईबीचमा विवाद चलिरहेको थियो। विवादकै बीचमा गत शनिबार जहाँगिर आफ्नो भूपू ससुरालीमा पुगे र एक्कासि माइतीमा रहेकी भूपू पत्नीमाथि जाइलागे। उनले आक्रमण गर्ने योजना बनाएरै गोजीमा कैँची लिएर भूपू ससुराली गएका रहेछन्। सोही कैँची निकालेर उनले पूर्व पत्नीको जिब्रो काटिदिएका हुन्। उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो।



लाेकपाटी न्यूज

