टिकट नपाए केही नेता बेहोस हुन्छन् की भन्ने चिन्ता छ : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उनले टिकट दाबी नगरे पनि हुन्थ्यो नि भन्नेहरूले पनि टिकटको चर्को दाबी गरिरहेको बताए।

अध्यक्ष नेपालले उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढाहरूले समेत टिकटको आकांक्षा चर्को रुपमा राखेको बताए। ‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एक चोटि त पाउँ, अरू केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो ? ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ,’ नेपालले भने।

सबैलाई टिकट चाहिएको र नपाउनेहरू कतै बेहोसै हुन्छन् कि भन्ने अवस्था रहेको उनले सुनाए। नेपालले भने, ‘अब मंसीर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन। भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ। सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैन ? त्यो छुट्ट्याउने आधार हामीले बनाउन सकिरहेका छैनौं। नगरे पनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्