विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन : मुख्यमन्त्री राउत

लोकपाटी न्यूज

धनुषा। मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन्। जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१/२२ सार्वजनिकीकरण कार्यक्रममा उनले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय हो भने।

प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्यांक प्रतिवेदनले प्रष्ट्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताए।

उनले भने, ‘भौतिक विकास मात्रै विकास होइन,सामाजिक रूपान्तरण र पर्यावरण संरक्षणसहितको विकासको मूल लक्ष्य हुनुपर्छ।’ मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्