सांसदहरूको कार्यकाल आगामि असोज १ गते सकिने

samsad
लोकपाटी न्यूज

काठमाडौं । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरूको कार्यकाल आगामि असोज १ गते सकिने भएको छ ।

असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरूलाई बिदाई गर्ने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ । ५ वर्षअघि अर्थात २०७४ मङ्सिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरू पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए ।

प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निक्र्यौल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरूलाई बिदाइ गर्न लागिएको हो ।

१ गते अन्तिम बैठक राख्ने र त्यसपछि सभामुखले भोज दिएर विदाई गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ । त्यसअघि भदौ २९ गते पनि संसदको बैठक राखिएको छ ।

सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्