बैंकिङ कसुर मुद्दाका फरार नुवाकोटका पुरुषोत्तम अधिकारी पक्राउ

pakrau
लोकपाटी न्यूज

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्दै आइरहेका २९ वर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्