चिनियाँ राष्ट्रपति सिको विचार प्रचारका लागि नयाँ एप

लाेकपाटी न्यूज

एजेन्सी । चीनमा राष्ट्रपति सि चिनफिङसँग सम्बन्धित नयाँ एप सार्वजनिक भएको छ । प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिरहेको चीन राष्ट्रपति सिके विचार र गतिविधि प्रचारका लागि नयाँ एप निमार्ण गरिएको हो ।

यस एपको नाम ‘स्युएसी छियाक्यु’ हो । यसको अर्थ ‘महान राष्ट्रको अध्ययन’ भनने हुन्छ । यस एपको मुख्य कार्य राष्ट्रपति सि चिनफिङको विचार र अभिव्यक्तिलाई प्रचार गर्नु हो । यस एप गत जनवरीमै कम्युनिस्ट पार्टीको प्रचार विभागले सार्वजनिक गरेको थियो । यस एपमार्फत चिनियाँ नगरिकले राष्ट्रपति सिको प्रत्येक गतिविधिको भिडियो, अडियो, समाचार, टिप्पणी प्राप्त गर्न सक्नेछन्।

जसले चिनियाँ नागरिक र सरकारबीच हरेक समय अन्तक्र्रिया गराउनेछ । यद्यपी यस एपको मुख्य भूमिका राष्ट्रपति सिको विचारको प्रचार गर्नु नै हो । गतवर्ष चीनको संविधानम राष्ट्रपति सिको विचारधारा संविधानमै लेखिएको छ ।

महान नेता आमोत्सेतुङपछि सि पहिलो व्यक्ति हुन् जसको विचारधारा संविधानमा लेखिएको हो । सोही विचारधारालाई स्थापित गर्नका लागि नयाँ एपले भूमिका खेल्नेछ । यस एपलाई माओत्सेतुङको सानो रातो किताबसँग समेत तुलना गरिएको छ । रातो किताब बोक्नेहरुले त्यसबेला विहान विभिन्न गतिविधिको टिपोट गरेर साँझ रिपोर्ट बुझाउँथे । यस एपमा समेत सिका विभिन्न गतिविधिको टिपोट हुनेछ । एपमा आफ्नो विचार समेत राख्न सकिन्छ। जसले रिपोर्टको भूमिका खेल्नेछ।

उक्त एप सामाजिक संजालजस्तै भएको र एप प्रयोगकर्ताले मेजेस र भिडियो च्याट गर्न सकिने बताइएको छ । साथै गिफ्टहरु समेत पठाउन सकिनेछ । यस एप चलाउने, सिको विचार पढ्ने र राम्रो विचार राख्ने व्यक्तिलाई नम्बर र पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्