काठमाडौं। प्रहरीले भिजिट भिसामा विदेश उड्न लागेका ३९ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएको छ। बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीका अनुसार धेरैजसो गल्फ र मिडल इस्टमा जान लागेका महिलाहरुले नक्कली कागजात पेश गरेर भिसा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड उनीहरुले पुरा नगरेको डीआईजी ज्ञवालीले बताए। भिसा सक्कली भएपनि नक्कली कागजात पेश गरेर उनीहरुले भिसा लिएको भेटिएको उनले बताए।



लोकपाटी न्यूज
