बसमा आगोलाग्दा २० जनाको मृत्यु

aagolageko bus
लाेकपाटी न्यूज

लिमा,  चैत १८। पेरुको राजधानी लिमामा आइतबार राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो।उक्त बसमा खचाखच यात्रु रहेका थिए।गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो।

आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ। पेरुमा यस वर्ष भएको यो दोस्रो ठूलो दुर्घटना हो।