क्वालालम्पुर, १८ चैत्र । नेपाली व्यवसायी समाज लगायत मलेसियामा रहेका विभिन्न समाजिक संघसंस्थाले नवनियुक्त राजदुत उदयराज पाण्डेलाई भव्य स्वागत तथा सम्मान गरेको छ ।
आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको एक विशेष समारोहका बिच नवनियुक्त राजदुत पाण्डेलाई स्वागत तथा सम्मान गरिएको हो । नवनियुक्त राजदुत उदयराज पाण्डेको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा नेपाली व्यवसायी समाज मलेसियाको अध्यक्ष ईन्द्र राज लिम्बूको सभापतित्व रहेको थियो ।
कार्यक्रममा नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)मलेसियाका अध्यक्ष सुनाखरी मगर नेपाल् कम्युनिस्ट पार्टी (नेकपा)समन्वय समिती मलेसियाका सदस्य प्रेम पाण्डे, नेपाली ब्यवसायी बिपिन राई, नेपाल् कम्युनिस्ट पार्टी बिप्लव निकट मलेसिया मोर्चाका अध्यक्ष विजय लामा, नेपाली प्रवासी सितोेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला गायतकोले विशेष गरी यहाँ कार्यरत रहेका नेपाली श्रमिकहरुको हकहितको निम्ति काम गर्न राजदूत उदयराज पाण्डेको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले आउँदा दिन दिनमा पहिलाको जस्तो कुनैपनी दलालीकरणमा लागेका, समाजिक संस्थाको खोल ओढेर श्रमिक ठग्ने जो कोहिलाई पनि दूतावासले आवश्यक कारबाहीको निम्ति यथासिघ्र कदम चाल्नु पर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी नवनियुक्त राजदुत उदयराज पाण्डेले समाजिक अगुवा, राजनीतिक पार्टीको अगुवा र पत्रकारहरुको गुनासो ,जिज्ञासा तथा प्रश्न सुन्दै बोल्दै कार्यरत सम्पुर्ण नेपालीहरुलाई हातेमालो गर्दै दूतावाससँग सहकार्य गर्न आह्वान गरेका छन् ।
साथै उनले यहाँ रहेका संगठनको नाममा संघसंस्थाको नेता बनेको नाउँमा नेताको पगरी गुथेर कुनैपनी खराब काम नगर्न, श्रमिकलाई ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी समेत दिए । यदि त्यस्ता जघन्य किसिमका कुनै काम गरे दूतावासले कडाभन्दा कडा कारवाही गर्ने उनको भनाइ छ ।
नेपाल् सरकारले निर्णय गरिसकेको नयाँ नियम अनुसार कुनैपनि मागपत्र, डिमाण्ड अब दूतावासले स्वीकृति नदिइन्जेल सम्म कामदार मलेसिया ल्याउन नपाइने उनले बताए । उनले भने, ‘अब कुनैपनि कम्पनीले कामदारलाई दुख दिने काम गरिरहेको छ भने अब त्यस्ता काम बन्द गर्नुस् किनभने आउँदा दिनमा जबसम्म दूतावासले एटेच गर्दैन कुनैपनी कामदार ल्याउन पाइदैन ।
नेपाली व्यवसायी समाज लगायत नेपाल् आदिवासी जनजाती महासंघ , नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ९फोनिज०, सुदुर पश्चिमेली नेपाली समाज , नेपाली प्रवासी सितोरियो कराते संघ , भोजपुर सेवा समाज , दोलखा समाज , खोटाङ सेवा समाज , खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरु संगको संयुक्त सहकार्यमा सो कार्यक्रम आयोजना गरिएको थियो ।



लाेकपाटी न्यूज

