काठमाडौंलाई धुलोमुक्त बनाउन सम्भव छ ?

invironment
लाेकपाटी न्यूज

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको एउटा अध्ययनका अनुसार नेपाल र भारत दक्षिण पूर्वी एशियाली क्षेत्रमा वायुप्रदूषणको अग्रसूचीमा परेका छन् ।

गत वर्ष सार्वजनिक भएको सो प्रतिवेदनमा अध्ययन भएका ११ देशमध्ये नेपाल र उत्तर कोरियामा वायुप्रदूषणका कारण हुने मृत्युको सङ्ख्या नेपाल र उत्तर कोरिया उच्च रहेको उल्लेख गरिएको थियो । नेपालको राजधानी रहेको काठमाडौं उपत्यकामा सवारीसाधनबाट उत्पन्न धुवाँ र धुलोका कारण वायुप्रदूषण उच्च रहेको छ । वायुप्रदूषणका कारण छाला, आँखा, श्वासप्रश्वास र मुटुमा समेत समस्या देखिन थालेको चिकित्सकहरू बताउँछन्।

कपडा वा कागजका सामान्य मास्क लगाएर काठमाण्डूको वायुप्रदूषणबाट जोगिन नसकिने छातीरोग विशेषज्ञ डा. अर्जुन कार्कीको भनाइ छ । विभिन्न वस्तुबाट निस्कने धुवामा नाइट्रोजन डाइअक्साइड र अरु कणहरु हुन्छन् । त्यो भन्दा खतरनाक तत्वलाई पिएम २.५ भनिन्छ । जो एउटा बालुवाको कण भन्दा २० गुणा सानो हुन्छ ।

ती कण हाम्रो फोक्सोमा पुग्ने मात्र होइन हाम्रो रक्तप्रणली मै प्रवेश गर्दछन् भने ठूला कणहरु नाकमै रोकिन्छन् । तर मसीना कणहरु नाकबाट भित्र छिरेर स्नायु प्रणाली हुँदै मस्तिष्कमा पुग्छन् । जम्मा हुँदै गएको कडा लेउले मस्तिष्कका कोषबीचको सम्पर्क बिच्छेद गरिदिन्छ । जुन विभिन्न रोग तथा मृत्युको कारण हुनसक्छ ।

काठमाडौं महानगरपालिका भने धुलो बढार्ने गाडी अर्थात् ब्रुमरको सहयोगमा थालिएको सफाइ अभियानको राम्रो प्रभाव केही दिन मै देखिने बताउँछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्