भाइले दिदीलाई दिए बाउन्स चेकको उजुरी, दिदी पक्राउ

pakrau
लोकपाटी न्यूज

पूर्वी नवलपरासी। पूर्वी नवलपरासीमा एक महिला बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ परेकी छन्। कावासोती १० निवासी ४१ वर्षीया सुमित्रा तिमिल्सिना पक्राउ परेकी हुन्।

उनलाई उनकै भाइ रविन्द्र तिमिल्सिनाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए। तिमिल्सिनाले ९९ लाखको बाउन्स चेक दिएको दाबीसहितको उजुरी दिएपनि १९ लाखको मात्र बाउन्स चेक भेटिएको प्रहरी उपरीक्षक महर्जनले बताए।

प्राइम बैंकको चेक बाउन्स भएपछि उनका भाइ रविन्द्रले कास्कीबाट उजुरी दिएका थिए। तर, तिमिल्सिनालाई नवलपुर प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकी तिमिल्सिनामाथि अदालती कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्