पूर्वी तराईमा आज पनि हावाहुरी !

hawahuri
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । पूर्वीतराईमा सोमबार पनि हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ । भारतको मौसम पूर्वानुमान निकायले बिहारमा आज पनि तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरेको बिबिसीले उल्लेख गरेको छ ।

त्यसको असर नेपालको पूर्वी तराईमा समेत पर्ने मौसम पूर्वानुमान निकायले जनाएको हो । भारतको मौसम पूर्वानुमान निकायले आइतबार पश्चिम बंगाल राज्य तथा बिहार नेपालको तराईमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने अनुमान गरेका्े थियो । मौसम पूर्वअनुमान निकायले भने जस्तै बारा र पर्सामा आइतबार भीषण हावाहुरी आएकाे थियाे ।

हावाहरीबाट ठूलो धनजनको क्षति भएको छ । हावाहुरीबाट मर्नेको संख्या सोमबार दिउँसोसम्म ३२ पुगेको छ । हावाहुरीबाट ४ सय भन्दा वढीबाट घाइते भएका छन् । मौसमविद्हरू चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुन गतिविधि हुने बताउँछन्। त्यसैले अपराह्नपछि जुनसुकै बेला हावाहुरी लाग्ने सम्भावना हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा आइतबार मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो । तर यति ठूलो क्षति र्पुयाउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्