काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले आइतबार राति हावाहुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निशूल्क उपचार गर्न माग गरेका छन्।
सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रचण्डले हावाहुरीका कारण बारा, पर्सालगायतका जिल्लामा भएको मानवय क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्। प्रचण्डले सबै पीडित परिवारमा समवेदना व्यक्त गरेका छन्।
यस्तो छ प्रचण्डको विज्ञप्ति।
‘बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सयभन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछु ।
ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।
मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’



लाेकपाटी न्यूज

