काठमाडौं। छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ। भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ। जसका कारण सिंचाइ हुन नसक्दा धानखेत पटपटी फुदन थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन्।
मागअनुरूप सिंचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताए। गण्डक सम्भौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ।
नवलपरासीको भैसालोटनस्थित नेपाल -भारत सीमामा निर्मित व्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ। यो समाचार नेपाल समाचार दैनिकमा छ।



लोकपाटी न्यूज

