काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रको बैठक सम्पन्न भएको छ। भदौ १ र ३ गते अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले ज्ञान केन्द्रको दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। दोस्रो वार्षिक साधारण सभा भदौ १७ र १८ काठमाडौंमा गर्ने निर्णय गरिएको ज्ञान केन्द्रले जनाएको छ।
साधारण सभासम्मका लागि आजीवन सदस्य वितरणको काम बन्द गरिएको ज्ञान केन्द्रले जनाएको छ। त्यस्तै ज्ञान केन्द्रको लेखापरीक्षकको जिम्मेवारी देवहरि बराललाई दिने निर्णय गरेको छ। बैठकले साधारण सभाको तयारीका निम्ति विभिन्न समिति र उपसमितिहरू पनि गठन गरेको छ।
त्यस्तै, मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय समितिलाई साधारण सभा तथा मूल आयोजक समितिका रुपमा रूपान्तरण गरिएको छ। साधारण सभाबारे जानकारी र निमन्त्रणका लागि भदौ ११ गते ज्ञान केन्द्रका आजीवन सदस्य र प्रदेश संयोजकले सिफारिस गरेका साधारण सदस्यहरूको संयुक्त भर्चुअल बैठक बोलाउने निर्णय पनि गरेको छ।




लोकपाटी न्यूज

