नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा

Nekapa_Perishdada
लोकपाटी न्यूज

काठमाडौं। आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ।

आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका ‘सर्त’हरूका बारेमा छलफल हुने बताइएको छ।

आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ। माओवादी केन्द्र स्थायी कमिटीको बैठक मंगलबार पनि बसेको थियो। सो बैठकबाट डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नो दलको चुनाव चिह्न दिएर निर्वाचनमा जान दिने निर्णय गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्