काठमाडौं। आज (बुधबार) बिहान प्रदेश-१ का पहाडी भू-भागमा पूर्णरुपमा बदली रहेको छ। त्यस्तै, देशका अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ। साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने प्रदेश-१ मा सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। साथै देशका अन्य भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, देशका अन्य भू-भागमा आंशिक बदली हुने भएको छ। साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।



लोकपाटी न्यूज
