जम्मू कश्मीरमा भारतीय प्रहरी सवार बस दुर्घटना : ६ जनाको मृत्यु

pic-11
लोकपाटी न्यूज

काठमाडौं। भारतको जम्मू कश्मीरको पहलगाममा बस दुर्घटना भएको छ। दुर्घटना भएको बसमा भारतीय प्रहरी सवार थिए। दुर्घटनामा ६ जना प्रहरीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो। दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ। बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए।

जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो। घाइतेको उद्धार कार्य सुरु गरिएको छ। घटनास्थलमा १९ वटा एम्बुलेन्स तैनाथ छन् र उद्धार कार्य जारी रहेको छ।