चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढाथोकी पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

फिदिम। चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। फिदिम नगरपालिका-११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको विषयमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्