काठमाडौं। प्रतिनिधि सभाको आइतबारको बैठक कोरम नपुगेर स्थगित भएको छ। सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम नपुगेसँगै बैठक स्थगित भएको हो।
कोरम पुग्न ६९ जना सांसद चाहिनेमा बैठकमा ६७ जना मात्रै सांसद उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
तर पुनः बैठक सञ्चालन गरे पनि कोरम नपुगेपछि बैठक आगामी साउन ३१ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी गराएका थिए। यस अघि, बैठकबाट बीमा सम्बन्धी र शहरी क्षेत्र यातायात प्राधिकरण सम्बन्धी गरी दुई बिधेयक पारित भएका थिए। दुई विधेयक पारित हुँदासम्म कोरम पुगेको र त्यसपछि सांसदहरू बाहिरिएकाले कोरम नपुगेको हो।



लोकपाटी न्यूज

