काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गर्नुको कारण डर र कर दुवै भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए।
एक्लाएक्लै निर्वाचनमा जाँदापछि गठबन्धन गरेपनि फरक नपर्ने बताउदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर र तालमेल गरेर जानुपर्ने बाध्यता भएको बताए।
गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको पनि उनले बताए। उनले कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध समेत गरे। कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको नेता पौडेलले बताए।



लोकपाटी न्यूज

