वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा

Akhatiyar office pic
लोकपाटी न्यूज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ।

पछिल्लो केही समयको तथ्यांक हेर्दा धेरैजसो खरिदारदेखि अधिकृतसम्मलाई भ्रष्टाचार मुद्दा चलाइएको पाइएको छ। अख्तियारले पछिल्लो समय आफ्नो सक्रिया भने ह्वात्तै बढाएको छ। अख्तियारले मंगलबारमात्रै विभिन्न क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ।

आयोगले खरिदार, नासु, उपभोक्ता समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसअघि गत आइतबारमात्रै आयोगले एकैदिन १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। ती मुद्दामा वन अधिकृत र सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्