यसरी थाहा पाउनुस् हत्केलाबाट तपाईंको भाग्य !

Hand
लाेकपाटी न्यूज

काठमाडौं । अहिलेको समाजमा ज्योतिष शास्त्र पिछडिएको भएपनि प्राचिन काल देखिनै ज्योतिष शास्त्रको उत्पत्ति भएको हो । अत ज्योतिष शास्त्रबाटै कुनै अवस्था, समय तिथि, बार, नक्षेत्र, लगन, राशी ग्रहको उदय अस्त , सुर्य चन्द्र ग्रहण, चाँडपर्व, सम्बत् सम्पुर्ण कुराको श्रृष्टि हुने विश्वास गरिन्छ ।

ज्योतिष शास्त्र अनुसार तपाईको जन्म तिथी, जन्म समय, बार र स्थान अनुसार भाग्यको निर्धारण हुन्छ । ज्योतिष शास्त्रमा जन्मको तिथि मितिका आधारमा कुण्डली तयार हुन्छ, जहाँ भाग्य उदय, दशा चक्र, विवाह, प्रेम, पारिवारिक अवस्था संकट र जीवनको अन्त्य लगायका विषय पत्ता लाग्ने दाबी गरिएको छ ।

जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस् या हस्तरेखा हेरेर होस् व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । आउनुहोस आज हामी राज योगका बारेमा केही केहि जाकारी राखौं ।

राजयोगको परिस्थितीः  जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्द छ । उसको हात र खुट्टाको रेखा एकदमै स्पष्ट हुन्छ । पुरुषको दाँया हात र खुट्टामा तथा महिलाको बाँया हात र खुट्टामा यदि कुनै प्रकारको राजचिन्ह् देखियो भने जीवन सुखमय र सम्पत्तिले भरपुर बित्ने उल्लेख छ ।

विभिन्न चिन्हः  सामुद्रिक शास्त्रका रचनाकार महर्षि समुद्रको भनाई अनुसार जुन व्यक्तिको पैतालाको तल अंकुश, कुंडल वार चक्रको निशान देखिन्छ, उ एक राम्रो शासक बनेर राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ । विभिन्न निशानः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हात वा खुट्टामा हस्ती, छत्र, माछा, तलाउ, अंकुश वा वीणाको निशान हुन्छ । सो व्यक्ति उत्तम र मानिसहरुमा सर्वश्रेष्ठ हुन्छ ।

राज्यको अवसरः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हातको बीचमा शक्ति, तोमर, बाण, रथ, चक्र वा ध्वजाको निशान हुन्छ । त्यो व्यक्तिलाई शासन गर्ने ठूलो अवसर प्राप्त हुन्छ । जसको उसले फाइदा पनि उठाउन सक्छ । यस्तो व्यक्ति जसको खुट्टामा कुनै पांग्रा वा चक्रको साथै कमल आसनको निशान हुन्छ, उसलाई प्रशस्त जनमीन, घर प्राप्त हुन्छ र जीवनभर उ सुखी र मस्पन्न हुन्छ । यसको घरमा सधै लक्ष्मीको बास हुने हुादा उसलाई धनको कमी हुँदैन ।

कोठीः  जुन व्यक्तिको हातको बीचमा कोठी हुन्छ त्यो एकदमै धनी तथा सामानिक रुपमा प्रतिष्ठित हुने गर्छ । यसको साथै जुन व्यक्तिको पैतालामा कोठी तथा कुनै सवारीको चिन्ह् हुन्छ उ एकदमै राम्रो र कुशल शासकको रुपमा चिनिन्छ ।

भाग्य रेखाः  माझको औलाको ठीक तल मणि बन्धनसम्म फैलिएको रेखा जसलाई भाग्य रेखा भनिन्छ, यो रेखा प्रष्ट कहीं पनि नछुटेको भएमा त्यस्तो व्यक्तिलाई सबै प्रकारको सुख, सुविधा र मानसम्मान प्राप्त हुन्छ ।
विभिन्न अगंहरुबाट ज्ञानः समुद्र शास्त्रका अनुसार जो व्यक्तिको चौडा छाती, लामो नाक र लहिरो नाइटो हुन्छ । त्यस्तो व्यक्तिको भाग्यले एक ठूलो शासक बन्न सहयोग पुर्याउँछ ।

राजयोगको शर्त

राजयोग तबसम्म सिद्ध मानिदैन । जबसम्म राजयोगको लक्षण व्यक्तिको शारिरिक अंग र उसको शारिरिक बनावटमा देखा पर्दैन भन्ने मान्यता छ ।

राजयोगको निश्चितता

माथि उल्लेखित लक्षणहरुले राजयोगको संकेत गरेपनि राजयोगको निश्चितता केही महत्वपूर्ण चिन्ह्हरुमा रहन्छ ।हात वा पैतलामा शंख चक्र, गधा खड्ग, अंकुश, धनुष, बाण आदि चिन्ह् भएमा राजयोगको निश्चितता भएको मानिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्