काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुन नियुक्त भएका छन्। आइएमई सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले उनलाई प्रमुख कार्यकारी अधिकृतमा पुन नियुक्त गरेका हुन्।
असार ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई पुन नियुक्ति गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आजदेखि लागु हुनेगरी उनी पुन नियुक्त भएका हुन्। उनी २७ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा कार्यरत छन्। उनको नेतृत्वमा आइएमई इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गरेको विज्ञप्तिमा उल्लेख छ।



लोकपाटी न्यूज