काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन्।
बैठकमा चुनावी तालमेलका साथै लोसपालाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ। यसअघि काँग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरे पनि सहयात्री जसपा अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएका थिए।
बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ। सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमत भएपनि सिट बाँडफाँटको विषयमा भने टुंगो लागिसकेको छैन।
सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

