काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधवार प्रमाणीकरण गरेकी छन्।
संसद्को दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको यो विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन्। यो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।



लोकपाटी न्यूज

